Kathmandu Press

गठबन्धनबाट चुनावमा गरेका बाचामाथि धोका भयो : कांग्रेस गण्डकी सभापति 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनमा गएर प्रधानमन्त्री बनेपछि चुनावका बेला गरिएका सम्पूर्ण बाचा र आश्वासनमा धोका भएको बताएका हुन् ।
गठबन्धनबाट चुनावमा गरेका बाचामाथि धोका भयो : कांग्रेस गण्डकी सभापति 

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सभापति शुक्रराज शर्माले निर्वाचनका बेला पाँच दलीय गठबन्धनले जनतासमक्ष गरेको बाचामा धोका भएको बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनमा गएर प्रधानमन्त्री बनेपछि चुनावका बेला गरिएका सम्पूर्ण बाचा र आश्वासनमा धोका भएको बताएका हुन् ।

Hardik ivf

‘निर्वाचन परिणाम प्राप्त भएको १५ दिन पनि बित्न नपाउँदै पाँच दलीय गठबन्धन टुटेर माओवादी नेतृत्वमा एमालेसहित गठबन्धन सरकार निर्माण हुन पुगेको छ,’ उनले भने, ‘यस घटनाले पाँच दलीय गठबन्धनका नेताहरूको जनतामाझ व्यक्त सम्पूर्ण आश्वासनहरू धोकाधडीमा बदलिनुका साथै देश, जनता र कांग्रेसलाई पनि धोका भएको छ।’

शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै अहिले सरकार गठनको सन्दर्भमा अनपेक्षित र अप्रत्याशित घटनाक्रमको विकास भई दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्। उनले गठबन्धनलाई सत्ता प्राप्तिको विषयमा मात्र केन्द्रित गरेको भन्दै निन्दासमेत गरेका छन्।

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्