Kathmandu Press

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेलाई बोलाइयो

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेलाई बोलाइयो

कास्की, पुस १२ : गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुने गरी अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश प्रमुख गुरुङले पुस १३ गते प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ।

त्यसपछि ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, पुस १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्