Kathmandu Press

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

काठमाडौं, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौं–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन्।

संसदीय दलको आज काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए।

बागमती प्रदेशसभामा काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–२ थापा चोक बस्ने ५५ वर्षीय थापासहित राप्रपा १३ जना सदस्यले दलको प्रतिनिधित्व गर्दै छन्।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, पुस ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्