Kathmandu Press

उपप्रधानमन्त्रीमा रविको वरीयता तेस्रो 

उपप्रधानमन्त्रीकाे पहिलो वरीयतामा अर्थमन्त्री समेत रहेका विष्णु पौडेल छन् ।
उपप्रधानमन्त्रीमा रविको वरीयता तेस्रो 
Hardik ivf

काठमाडौं, पुस १० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका छन्। 
 
सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा गृहमन्त्रीमा सपथ लिएका छन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा रहेका तीन उपप्रधानमन्त्री मध्ये तेस्रो वरीयताको उपप्रधानमन्त्री बनेका छन् ।

पहिलोमा अर्थमन्त्री समेत रहेका विष्णु पौडेल छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरियताको उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्