प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षीको बधाई

काठमाडौं, पुस ११ : पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । उनले ट्वीटरमार्फत प्रचण्डलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् ।
‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ उनले ट्वीटरमा लेखेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै प्रचण्डलाई बधाई दिइसकेका छन् ।
Heartiest felicitations to Rt Hon’ble Pushpa Kamal Dahal Prachanda on becoming Prime Minister of Nepal. As regional partners, Pakistan & Nepal enjoy cordial relations. I look forward to working with him to further strengthen our bilateral ties & regional cooperation. @cmprachanda
— Shehbaz Sharif (@CMShehbaz) December 26, 2022












