Kathmandu Press

राजधानीका तीनै जिल्लामा हरियालीसहितको अपांगमैत्री पैदलमार्ग

राजधानीमा अपांगमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इन्जिनीयर सौरव ढकालले जानकारी दिए। 
राजधानीका तीनै जिल्लामा हरियालीसहितको अपांगमैत्री पैदलमार्ग

काठमाडौं, पुस ११ : काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपांगमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ। 

राजधानीमा अपांगमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इन्जिनीयर सौरव ढकालले जानकारी दिए। 

Hardik ivf

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिनेछ। अपांगमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ थियो।

यसैगरी काठमाडौंको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपांगमैत्री पैदलमार्ग निर्माण गरिनेछ। तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ। 

यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ। ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले बताए।

महानगरपालिकाले यसअघि जावलाखेलमा यस्तो मार्ग निर्माण गर्ने भने पनि कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने जनाइएको छ। तीनवटै  जिल्लामा अपांगमैत्री पैदलमार्ग निर्माणका लागि रु. १४ करोड बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति: १२:१७ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्