Kathmandu Press

मनाइयाे माओत्से तुङको जन्मजयन्ती

१८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन्।
मनाइयाे माओत्से तुङको जन्मजयन्ती

काठमाडाैं, पुस ११ : चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक माओत्से तुङको जन्मजयन्ती सोमबार मनाइएको छ।

१८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन्। उनी चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्ध र मुक्ति युद्धका नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुन्।

जन्मजयन्तीका अवसरमा माओवादी केन्द्रले माओ सेतुङको तस्बिरमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड लगाएतका नेताहरुको सहभागिता थियो। 

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, पुस ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्