प्यानलमा ठूलो क्षति पुगेपछि मनकामना केबलकार बन्द
कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको हो ।
काठमाडौं, पुस ११ : मनकामना केबलकार तत्कालका लागि बन्द भएको हो । केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको हो ।
अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।
प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












