Kathmandu Press

पत्रकार चुडाललाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

पुराना पत्रकार चुडाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’बाट सम्मान गरेकी हुन्।
पत्रकार चुडाललाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

काठमाडाैं, पुस ९ : पत्रकार देवेन्द्र चुडाल सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा पुराना पत्रकार चुडाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’बाट सम्मान गरेकी हुन्।

पत्रकार चुडाल करिब ४ दशकदेखि पत्रकारित क्षेत्रमा संलग्न छन्। नेपाली पत्रकारिता क्षेत्रमा उनले गरेको योगदानका आधार महासंघले यो सम्मान गरेको हो।

चुडाल अभियान साप्ताहिक र अभियान विक्ली डटकम टडएनपीका सम्पादक/प्रकाशक हुन्।

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्