गभर्नर अधिकारी विधुतीय भुक्तानीबारे जानकारी लिन तरकारी बजारमा
आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको बिधुतिय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिएका हुन्।
काठमाडाैं, पुस १० : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारमा विधुतीय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिएका छन्।
आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको बिधुतिय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिएका हुन्।
सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजक पाइएको बताए। राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उनले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताए।
गभर्नर अधिकारीले विधुतीय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताए।
प्रकाशित मिति: १४:३४ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












