जेठाजु हत्या आरोपमा बुहारी पक्राउ
पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ की ४८ वर्षीया रनमाया बास्तोला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विराटनगर, पुस १० : झापामा जेठाजु हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ की ४८ वर्षीया रनमाया बास्तोला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीमाथि कनकाई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या गरेको आरोप लागेको छ। रनमाया पदमलालकी बुहारी रहेको प्रहरीको भनाइ छ।
गत बिहीबार शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलाको बगरको काँसघारीमा पदमलाल बास्तोला मृत अवस्थामा भेटिएका थिए। अनुसन्धानका क्रममा रनमायाले अघिल्लो दिन बास्तोलासँगै घाँस काट्न गएको बेला हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












