प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना

काठमाडौं, पुस १० : बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले इसाई धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
प्रदेशप्रमुख शर्माले यस पर्वले एकता सुदृढ गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र धार्मिक सहिष्णुता कायम राख्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरे।
उनले आफ्नो शुभकामना सन्देशमा संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष राज्य भएको भन्दै सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अनुसरण (उपयोग) हाम्रो मौलिक अधिकार रहेको उल्लेख गरेका छन्।
उनले पर्वका अवसरमा इसाई धर्मावलम्बीका साथै बागमती प्रदेशवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति र प्रगतिका लागि कामना गरेका छन्।
प्रकाशित मिति: ११:४६ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










