विराटनगरबाट पाँच किलो गाँजासहित एक पक्राउ

काठमाडौं, पुस १० : मोरङ प्रहरीले पाँच किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको विराटनगर महानगरपालिका–३८ एयरपोर्ट नहरमा स्कुटरमा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे भनिने अर्पण राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टीका बहादुर कार्कीले जानकारी दिएका छन् ।
गोरे चढेको को ३८ प ७९५१ नम्बरको स्कुटी चेकजाँचको क्रममा पाँच किलो गाँजा भेटिएको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए।
प्रकाशित मिति: १०:२७ बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












