Kathmandu Press

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) समेत थिए । 
बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

काठमाडौं, पुस १० : बुद्ध एयर प्राइभेट लिमिटेडका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) समेत थिए । 

यस्तै उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत हुन्। ७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात गरेका थिए । 

यसैबीच बुद्ध एयरले संस्थापक अभिभावक गुमाउनुपर्दा मर्माहत र स्तब्ध भएको जनाएको छ । 

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्