Kathmandu Press

लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने

लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने

लमजुङ, पुस ९ : मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको छ ।

प्रतिष्ठानको आज सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँसहरस्थित लमजुङ माविको प्राङ्गणमा शालिक राख्न राष्ट्रकविको पूर्णकदको शालिक निर्माण भइरहेको बताए।

Hardik ivf

'लमजुङ दरबारलाई पर्यटकीय र साहित्यिक थलोका रूपमा विकास गर्न पूर्णकदको शालिक निर्माण भइरहेको छ, चाँडै नै उक्त शालिकको अनावरण गछौँ,' उनले भने।

प्रतिष्ठानका पूर्वअध्यक्षद्वय सोमकान्त अधिकारी र डा देवी सुवेदीले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताए।

वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका संस्थापक सदस्य सोमनाथ घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अभाव मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई खड्किरहेको बताए।

नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ विद्यार्थीलाई समेत साहित्यिक क्षेत्रमा सङ्लग्न गरी  साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: १९:१६ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्