Kathmandu Press

सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन लुम्बिनीको राजधानी दाङमा हुँदै

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा समकक्षीहरू प्रदेश १ बाट राजेन्द्रकुमार राई, मधेस प्रदेशबाट लालबाबु राउत, वाग्मतीबाट राजेन्द्रप्रसाद पाण्डे, गण्डकीबाट कृष्णचन्द्र नेपाली, कर्णालीबाट जीवनबहादुर शाही र सुदूरपश्चिमबाट त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुनेछन्।
सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन लुम्बिनीको राजधानी दाङमा हुँदै

बुटवल, पुस ९ : पाँच वर्षे कार्यकाल पूरा गरेर सरकारबाट बिदा हुन लागेका सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ।

आफूहरुले गरेका कामको समीक्षा गर्ने र अब बन्ने सरकारलाई सुझाव दिने उद्देश्यले  पुस १५ गते सम्मेलन गर्न लागिएको जनाइएकाे छ।

Hardik ivf

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा समकक्षीहरू प्रदेश १ बाट राजेन्द्रकुमार राई, मधेस प्रदेशबाट लालबाबु राउत, वाग्मतीबाट राजेन्द्रप्रसाद पाण्डे, गण्डकीबाट कृष्णचन्द्र नेपाली, कर्णालीबाट जीवनबहादुर शाही र सुदूरपश्चिमबाट त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुनेछन्।

प्रदेशको हालै बुटवलबाट स्थानान्तरण गरिएको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको मुख्यमन्त्री केसीले जानकारी दिए। सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारी गरिरहेको छ। मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ। 

सम्मेलनमा आउने मुख्यमन्त्रीहरुलाई यहाँको स्थायी राजधानीबारे लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्ने बताइएको छ। यतिखेर सातै प्रदेशको सरकार कामचलाउ भैसकेका छन्।

मंसिरमा सम्पन्न आम निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन्। सबै प्रदेशमा केही समयमै नयाँ सरकार गठन हुनेछन्।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्