Kathmandu Press

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री देउवा

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं, पुस ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताएका छन।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गरे। उनले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताए।

प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, पुस ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्