Kathmandu Press

महाकाली नदीमा बगेर एक महिलाको मृत्यु

महाकाली नदीमा बगेर एक महिलाको मृत्यु

दार्चुला, पुस ९ : दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा बगेर एक महिलाको मृत्यु भएको छ।

महाकाली नगरपालिका-४ स्थित बंगाबगरबाट महाकाली नदीमा खसेर शनिबार दिउँसो व्यास-१ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हाे।

ती महिलाको शव महाकाली-४ स्थित डुम्पानी भन्ने ठाउँ भारततर्फकाे क्षेत्रमा फेला परेको स्थानीयले बताएका छन्। 

भारतीय प्रहरी भेट्टाएकाे शव पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगेको जनाइएको छ।

ती महिला कसरी बगेकाे भन्नेबारे जानकारी आउन बाँकी रहेकाे र अनसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्