Kathmandu Press

अमेरिकाको ह्युस्टनमा लुटियाे नेपाली दूतावासको गाडी

वासिङटनस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर टेक्सासका डालस, अस्टिन र ह्युस्टनमा शिविर सञ्चालनका क्रममा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको जानकारी दिएकाे हाे।
अमेरिकाको ह्युस्टनमा लुटियाे नेपाली दूतावासको गाडी

काठमाडौं, पुस ९ : अमेरिकाको ह्युस्टनमा नेपाली दूतावासको गाडी लुटिएकाे छ। दूतावासले डिसेम्बर १५ देखि २० सम्म कन्सुलर सेवा शिविर सञ्चालन गरेर संकलन गरेको रकम लुटिएको जनाइएकाे छ।

वासिङटनस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर टेक्सासका डालस, अस्टिन र ह्युस्टनमा शिविर सञ्चालनका क्रममा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको जानकारी दिएकाे हाे।

Hardik ivf

रकम लुटिएलगत्तै ह्युस्टन प्रहरी र कूटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाइएको छ।

विज्ञप्तिमा आफ्ना कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड भई लुटिएको उल्लेख गरेको छ।  स्थानीय समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा               उक्त घटना भएकाे बताइएकाे छ।

कति लुटिएको भनेर केही खुलाइएको छैन। ‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्ने दूतावास आशावादी छ।’

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, पुस ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्