Kathmandu Press

विदेशी महिला लागूऔषध तस्करीमा...

विदेशी महिला लागूऔषध तस्करीमा...

काठमाडाैं, पुस ८ : दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

उनका अनुसार विदेशीहरु भने अन्तरदेशीय लागूऔषध तस्करमा सक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् । ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार एउटा घटनामा अवैध लागूऔषध ३३ किलो चरेशसहित चार जना पक्राउ परेका छन् । प्रहरीले आज सार्वजनिक गरेको पहिलो घटनाअनुसार भारतीय नागरिकसहितको मिलेमतोमा चार जना मिलेर चरेस तस्करी गर्न लाग्दा चार जना पक्राउ परेका छन् ।

Hardik ivf

काठमाडौँबाट विदेशमा लागूऔषध चरेसको तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ देउराली सडक किनाराबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सुटकेसभित्र लुकाइ ल्याएको अवस्थामा १० किलो चरेस बरामद गरिएको थियो ।

तामाङसँग थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध धादिङबाट काठमाडौँ ल्याइदिने थाक्रेका २७ वर्षीया स्यानी चेपाङ र सोही ठाउँकी पम्फे चेपाङलाई पनि पक्राउ गर्न सफल भएको खड्काले बताए। त्यसपछि तीनै जनासँग गरिएको अनुसन्धानकाक्रमा नेपालबाट उक्त लागूऔषध भारतसम्म पुयाउने सक्रिय रहेको पाइएपछि मिलेर भारतमा चरेस कारोबार गर्ने गरेको खुलेको थियो । सो क्रममा काठमाडौँको नागर्जुन बस्ने भारतका शर्राफ ग्याल्ट्सेनसमेतलाई पक्राउ गरिएको छ । उनले आफ्नो सुटकेसको तल फल्स बटम बनाएर चरेश तस्करी गर्न लागेको समयमा तीन वटा सुटकेस बरामद गरिएको थियो । उनीहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

त्यस्तै लागूऔषध कारोबारमा सङ्लग्न रहेका दुई विदेशी महिलालाई पनि पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

अन्तराष्ट्रिय तस्कर नियन्त्रण तथा अनुसन्धानका लागि ‘क्रिमिनल प्रोफाइल’ बनाउने क्रममा हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने शङ्कास्पद विदेशी नागरिकको निगरानी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा युक्रेनी नागरिक ३२ वर्षकी डारिया एन्टेन्को र थाइ नागरिक आर्या फोनोक रहेका छन् । यही पुस ६ गते फ्लाइ दुबईमार्फत ब्राजिलबाट दुबई हुँदै काठमाडौँ आएकी ३२ वर्षकी युक्रेनी नागरिक डारियाको  गतिविधि शङ्कास्पद लागेपछि निगरानी गर्ने क्रममा काठमाडौँको ठमेलस्थित  होटलबाट पक्राउ गरिएको थियो । उनको साथमा रहेको दुई वटा सुटकेशभित्र फल्स बटम बनाएर लुकाई राखेको अवस्थामा पाँच किलो ६०० ग्राम लागूऔषध कोकिन, ३०० अमेरिकी डलर, ४८० थाई भाट र रु पाँच हजार बरामद गरिएको छ ।

उनीसँगको अनुसन्धानका क्रममा कोकिन लिन थाइल्याण्डबाट मलेसिया हुँदै थाइ नागरिक आर्या नेपाल भित्रिएको थाहा पाएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको खड्काले बताए। उनीहरु सबैलाई म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको छ । यसअघि प्रहरीले अमेरिकाबाट पार्सल गरी हुलाक हुँदै गाँजा र चरेस तस्करी भइरहेको तथ्य फेला पारेको थियो । उक्त घटनामा सङ्लग्न रहेका केही व्यक्तिलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारवाही भएको छ । यसरी १० किलोभन्दा माथि गाँजा तस्करी गर्ने व्यक्तिलाई दुईदेखि १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा कोकिन कारोबार गर्नेलाई जन्म कैदसम्म हुन सक्ने तथा पाँचदेखि २५ लाखसम्म जरिवानासमेत लगाउन सकिने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्