Kathmandu Press

अवस्था ठिक नभएका सवारी चलाउने १८ चालक काराबाहीमा 

अवस्था ठिक नभएका सवारी चलाउने १८ चालक काराबाहीमा 

काठमाडौं, पुस ८ : काठमाडौँको किर्तीपुरमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, फोर्स गाडी र टाटा सुमो लगायतका १८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी बरीष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको १०७ ओटा सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गरिएको हो । 

Hardik ivf

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागी सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली आज काठमाडौँको किर्तीपुर क्षेत्रमा खटिएको थियो । 

आफनो सवारी साधनको अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी बरीष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरे। 

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्