Kathmandu Press

कोकिनसहित दुई विदेशी महिला पक्राउ

प्रहरीको लागु औषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युक्रेन र थाइल्याण्डका महिलालाई ठूलो परिमाणको अवैध कोकिन सहित पक्राउ गरिएको जानकारी दिएको हो।
कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडाैं, पुस ८ : नेपाल प्रहरीले ५ केजी ६ सय ग्राम अवैध लागु औषध कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।

प्रहरीको लागु औषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युक्रेन र थाइल्याण्डका महिलालाई ठूलो परिमाणको अवैध कोकिन सहित पक्राउ गरिएको जानकारी दिएको हो।

पुष ६ गते दुवईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाईराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केहि अमेरिकी डलर, थाई भाट र नेपाली रुपैया बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।

थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए। बरामद भएको कोकिनको अबैध बजार मूल्य १२ करोड भन्दा बढि रहेको र थप अनुसन्धान भइरहेको खनालले बताए।

त्यस्तै व्युरोले ३३ किलो चरेश सहित १ विदेशी र ३ जना नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। बरामद गरिएको चरेशको अवैध बजार मूल्य १८ लाख भन्दा बढि रहेको व्युरोले जनाएको छ। 

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, पुस ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्