Kathmandu Press

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ।
काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काठमाडौं, पुस ८ : काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ। काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए। 

Hardik ivf

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए। गुरुयोजनाअनुसार काम गर्न काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ।

एकीकृत योजनाअनुरुप काम भए÷नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ। एकीकृत योजना बनाउन रु नौ करोड बजेट विनियोजन गरिएको छ। एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्