त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पुस १७ गतेदेखि बिदा
हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ ।
काठमाडौं, पुस ८ : त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग आउँदो पुस १७ गतेदेखि बन्द हुने भएका छन् ।
हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ ।
क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रै यो नियम लागू हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको थियो ।
प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












