बागलुङको ताराखोलामा आगलागीकाे कारण घर गोठ जलेर नष्ट

बागलुङ, पुस ७ : बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ। गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो। आगलागीमा मानवीय क्षति भने भएको छैन।
आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए। उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ। राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचनाक आगलागी भएको घर्तीको भनाइ छ। आगो घर गोठ सबै जलेर नष्ट भएपछि आफैँ नियन्त्रणमा आएको उनले बताए। अग्निपीडित अहिले आफन्तकोमा आश्रय लिएको घर्तीको भनाइ छ।
प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












