Kathmandu Press

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

काठमाडाैं, पुस ७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन।

डा दासका अनुसार भोलि पूर्ण रुपमा स्वस्थ्य भई नेता नेपाल घर फर्कनेछन। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए। नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल अस्पताल पुगी नेता नेपालको स्वास्थ्यलाभको कामना गरेका थिए।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्