Kathmandu Press

दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिनुभयो।हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन्।
दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

तनहुँ, पुस ७ पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा २ सय घरटहरालाई करिब रु. ८ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ। सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ।

उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिनुभयो।हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन्। हालसम्म करिब आठ प्रतिशत कार्य सम्पन्न भएको र सडक फराकिलो बनाउने क्रममा सडक आसपासका विद्युत् पोल, खानेपानी पाइप, टेलिफोन, इन्टरनेटलगायतलाई सम्बन्धित निकायसँग समन्वय गरी हटाउने प्रक्रियामा रहेको उनले बताए।

Hardik ivf

जिल्लाको आँबुखैरेनी पुलजीपबाट म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१दशमलव४५ किलोमिटर सडकमा  गैरसहरी क्षेत्र ३९दशमलव९३, सहरी क्षेत्र एक दशमलव५२ र १८ वटा पुल निर्माण हुनेछन्। उक्त सडक निर्माणका लागि चिनियाँ कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सम्झौता गरी ठेक्का पाएको होे। 

त्यसैगरी मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँका चार हजार दुई सय पाँच रुख कटान गरेकोे छ। करिब चार सय ६६ रुख काट्न बाँकी रहेको आयोजनाका वातावरणविज्ञ युवराज ढकालले जानकारी दिनुभयो। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना छ। 'सबै रुख नकाटिन पनि सक्छन्,' उनले भने, 'काट्नैपर्ने रुख मात्रै कटान गरी रुख बचाउन आयोजनाले योजना बनाएको छ।'

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बन्ने गरेका छ। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनुपर्ने विज्ञ ढकालले बताए। आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना छ। 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्