बिपी प्रतिष्ठान शिक्षाध्यक्षमा प्रा.डा. सञ्जीव शर्मा नियुक्त
प्रा.डा. शर्मा मृगौला, मुटु रोग विशेज्ञ हुन्।
काठमाडौं, पुस ७ : बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जीव शर्मा नियुक्त भएका छन्।
बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ग) को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति तथा स्वास्थ्यमन्त्री भवानी खापुङले प्रा.डा. शर्मालाई नियुक्त गरेका हुन्।
प्रा.डा. शर्मा मृगौला, मुटु रोग विशेज्ञ हुन्। उनको नियसक्तिसँगै प्रतिष्ठानको पदाधिकारी समूहले पूर्णता पाएको छ। शिक्षाध्यक्ष नियुक्तभएपछि प्रा.डा. शर्माले प्रतिष्ठान व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सामूहिक प्रयास गर्ने बताएका छन्।
प्रतिष्ठानका तर्फबाट सिनेटरहरुमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्राध्यापक डा. नीलाम्बर झा र माइक्रोबायोलोजी विभागका प्रमुखसमेत रहेका सहप्राध्यापक डा. नारायणराज भट्टराई नियुक्त भएका छन्।
प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक जगतनारायण प्रसाद छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










