Kathmandu Press

चलचित्र विकास बोर्डविरुद्ध चलचित्र संघद्वारा आन्दोलनको घोषणा

चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो।
चलचित्र विकास बोर्डविरुद्ध चलचित्र संघद्वारा आन्दोलनको घोषणा

काठमाडौं, पुस ७ : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो।

Hardik ivf

बोर्डले एकपछि अर्को निर्णय गर्दै व्यवसायलाई विस्थापित गर्ने गतिविधि गरेको संघको आरोप छ।

संघले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर विकास बोर्ड निष्पक्ष हुन नसकेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको जनाएको छ।

बुधवार नेपाल चलचित्र संघको राष्ट्रिय भेलाले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको थियो। उक्त भेलाले चरणबद्ध आन्दोलनमा उत्रिने निष्कर्ष निकालेको र संघले आज विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, पुस १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना र बोर्डमा तालाबन्दी गर्ने जनाएको छ।

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्