नेपाल बार एशोसिएशनले ६७औं स्थापना दिवस मनायो
कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो।
काठमाडौं, पुस ७ : कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औं स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ।
उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताए।
बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












