Kathmandu Press

सन्दीप लामिछानेले लिए पहिलो ओभरमै विकेट

काठमाडौं, पुस ११ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन्।

अस्ट्रेलियामा चलिरहेको बिग बास लिग (बीबीएल)अन्तर्गत ....

सन्दीप लामिछानेले लिए पहिलो ओभरमै विकेट

काठमाडौं, पुस ११ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन्।

अस्ट्रेलियामा चलिरहेको बिग बास लिग (बीबीएल)अन्तर्गत एडेलेइड स्ट्राइकर्ससँगको खेलमा मेलबर्न स्टार्सका लागि सन्दीपले विकेट लिएका हुन्। छैटौ ओभरमा बलिङमा आएका उनले म्याथ्यु सर्टलाई आउट गरेका छन्।

उनले पहिलो ओभरमा आठ रन दिएर एक विकेट लिएका हुन्।  सन्दीपको टोली मेलबर्न स्टार्सले टस जितेर एडिलेइडलाई ब्याटिङका लागि निम्तो दिएको थियो। एडिलेइडले ६ ओभरमा तीन विकेट गुमाएर ५४ रन बनाएको छ।

प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, पुस ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्