Kathmandu Press

राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

केन्द्रीय कार्यालय धूम्रबाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो ।
राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं, पुस ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेट गरेका छन् ।

केन्द्रीय कार्यालय धूम्रबाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो ।

Hardik ivf

सो अवसरमा अध्यक्ष लिङ्देनले नेपाल र अमेरिकाबीच रहीआएको आपसी सम्बन्ध र सहयोगबारे छलफल भएको राप्रपाले जनाएको छ ।

अध्यक्ष लिङ्देनले राजदूत थम्पसनको कार्यकाल सफलताको कामना गरेका थिए । उक्त अवसरमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले प्राप्त गरेको सफलताप्रति राजदूत थम्पसनले शुभकामना व्यक्त गरेको  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: १९:४५ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्