Kathmandu Press

३५ दिनभित्र उम्मेदवारको खर्च विवरण बुझाउन आयोगको निर्देशन 

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउनु पर्ने बताएको हो ।
३५ दिनभित्र उम्मेदवारको खर्च विवरण बुझाउन आयोगको निर्देशन 
Hardik ivf

काठमाडौं, पुस ६ : निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउनु पर्ने बताएको हो ।

आयोगका अनुसार  खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जानकारी दिएको छ । गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्