Kathmandu Press

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

काठमाडौं, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ ।
    
सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गरे। उनलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक ९रु सत्तरी हजार सात सय ३० ० सहित सम्मान गरेका हुन् । 

त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए।  साथै विश्वमा नेपालको पर्वतीय पर्यटन प्रबद्र्धनमासमेत सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे। 

मन्त्रालयले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते पनि आरोही शेर्पालाई सम्मान गरेको थियो । 

नेपाल पर्वातारोहण सङ्घका अध्यक्ष निमा नूरु शेर्पाले नेपाली आमसञ्चार माध्यमले पर्वतारोहणको विषयलाई कम प्राथमिकता दिने गरेको गुनासो गरे। 

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, पुस ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्