Kathmandu Press

‘विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न आवश्यक सहजीकरणका लागि सरकार तयार छ’

‘विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न आवश्यक सहजीकरणका लागि सरकार तयार छ’

काठमाडौं, पुस ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । 

काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटी लगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य  गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर  गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका

मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा भोला थापाको उस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाको एकहप्ते भ्रमणमा रहेको टोलीले चेन्नईस्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसँग डाईवेटोलोटिमा सयुक्त विधावारीधि कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल गरेको थियो ।  आइआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमका लागि छलफल गर्ने योजना रहेको बताइएको छ । 

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, पुस ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्