Kathmandu Press

सहकारीद्वारा सहुलियतमा घर

संस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो।
सहकारीद्वारा सहुलियतमा घर

झापा, पुस १ : झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ। 

संस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो।  संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको बताए। दमक ४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७  आवास निर्माण गरी हस्तान्तरणको तयारी गरिएको छ। 

Hardik ivf

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालले मेची आवासमा सदस्यका लागि घर निर्माण अन्तिम चरणमा पुगेको बताए। त्यहाँ बस्नका लागि मेची सहकारीकै सदस्य बन्नुपर्नेछ। कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा घर बनिरहेका छन्। रु ४३ लाखदेखि अधिकतम ५१ लाख सम्मका घर छन्। 

संस्थाका सूचना अधिकारी चन्द्र थापाका अनुसार सहकारीमार्फत घर निर्माण गरी एकै ठाउँमा सदस्यलाई राख्न लागिएको हो। यो परियोजना कूल रु २५ करोड खर्च गरिहेको छ। 

संस्थाका अध्यक्ष भट्टराईले सामूहिक रुपमा निर्माण गरिएको आवासमा खुला ठाउँ, बाल उद्यान सहितका सुविधा सदस्यहरुले पाउने जानकारी दिए। उनका अनुसार प्रत्येक घर एक हजार ७५ वर्ग मिटरका रहनेछन्।

सबै घर एकै प्रकृतिबाट निर्माण गरिएको छ। संस्थाका अनुसार ५६ वटा घर बिक्री भइसकेका छन् भने एउटा घर कार्यालय प्रयोजनका लागि राखिएको छ। सहकारीमा  १४ हजार एक सय ३२  सदस्य  रहेका छन्।

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्