कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत
कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा देउवा ६४ मत ल्याउँदै दलको नेता चुनिएका हुन् ।
काठमाडौं, पुस ६ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवा निर्वाचित भएका छन् ।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् ।
सभापति देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत पाए । कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)