Kathmandu Press

म्यानचेस्टर युनाइटेडले न्यू क्यासललाई ४–१ ले हरायो 

काठमाडौं, पुस ११ : इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । १९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो ।

म्यानचेस्टर युनाइटेडले न्यू क्यासललाई ४–१ ले हरायो 

काठमाडौं, पुस ११ : इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । १९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो ।

बिहीबार राति भएको खलमा युनाइटेडले न्यू क्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले हरायो । न्यु क्यासलले गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन सकेन । न्यू क्यासलका माटी लंगस्टाफले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सलले गोल गर्दै खेल बराबरीमा ल्याए । ३६औं मिनेटमा मेसन ग्रीनवूड र ४१ औं मिनेटमा मार्कस रसफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा म्यानचेस्टरले १ गोल थप्यो । ५१ औं मिनेटमा मार्सलले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १९ खेलबाट २८ अंकसहित सातौं स्थानमा छ । पराजित भएको न्यू क्यासल भने १० औं स्थानमा छ ।

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, पुस ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्