एनएसएलले एन्फालाई १७ करोड रुपैयाँ दिने

काठमाडाैं, पुस ५ : नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १७ करोडभन्दा बढी रुपैयाँ दिने भएको छ।
एनएसएल आयोजना गर्न दिए वापत नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले एन्फालाई ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ दिने भएको छ।
मंगलबार एन्फा र एनएसएल आयोजकबीच यस सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले र एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरे।
सम्झौतामा हस्ताक्षर गरेसँगै नेपाल स्पोर्ट्स म्यानेजमेन्टले एन्फालाई पहिलो संस्करण आयोजना वापत १ करोड ५० लाख प्रदान गरेको छ।
प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)
