Kathmandu Press

पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री राई

पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री राई

विराटनगर, पुस ५ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताए। 

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारसँगको बजेटको सीमितताले सञ्चार क्षेत्रमा चाहे अनुसार धेरै काम गर्न नसकेको बताए। 

उनले प्रदेश सरकारले पत्रकार महासङ्घको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिए। 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए। 
    
यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको कुरामा जोड दिए। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल र महासङ्घ प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्