संकटा र जावलाखेल युथ क्लब बराबरीमा रोकिए
काठमाडौं, पुस ११ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा संकटा र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन् ।
दशरथ रंग....

काठमाडौं, पुस ११ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा संकटा र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन् ।
दशरथ रंगशालामा भएको खेलमा संकटा र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलको ३६औँ मिनेटमा संकटाका लक्ष्मण रुचालले फ्रिकिकमा उत्कृष्ट गोल गरे पनि त्यो अग्रता धेरैबेर टिक्न सकेन ।
पहिलो हाफमा एक गोलले पछि परेको जावलाखेलले दोस्रो हाफको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गरे । जसका कारण खेल एक–एक गोलको बराबरीमा सकियो । जारी लिगमा संकटाको यो पहिलो बराबरी हो । योसँगै संकटाको तीन खेलमा चार अंक भएको छ ।
प्रकाशित मिति: ०७:१२ बजे, शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार