इन्धन खपत कम गर्न साइकल र्याली हुँदै
छैटौं टुर दी पोखराअन्तर्गत साइकल र्याली र साइकल दौड प्रतियोगिता हुने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए। स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
कास्की, पुस ४ : इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको छ।
छैटौं टुर दी पोखराअन्तर्गत साइकल र्याली र साइकल दौड प्रतियोगिता हुने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए। स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
‘थोपाथोपा इन्धन बचाऔँ’ भन्ने मूल नाराका साथ हुने कार्यक्रमअन्तर्गत पुस ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, २०७९ हुँदैछ । जसको आयोजना पोखरा महानगर र पोखरा महानगरपालिका खेलकुद विकास समितिले गर्ने र प्राविधिक सहयोग साइकल सिटीको हुने संयोजन गोंगजुले बताए।
पुस ८ गते बाग्लुङ कालिकादेखि बिन्ध्यवासिनीसम्म साइकल यात्रा गरिने साइकल सिटी पोखराका अध्यक्ष अभिषेश कोइरालाले जानकारी दिए। ¥यालीमा एक हजार पाँच सय साइकलयात्री सहभागी हुनेछन्।
जसमा पाँच सय पोखरा बाहिरबाट सहभागी रहने छ। कार्यक्रमको अन्तिम दिन पुस ९ गते पोखरा उपत्यकामा साइकल ¥याली हुँदैछ ।