Kathmandu Press

पार्टीका नयाँ सांसदलाई एकीकृत समाजवादीको बधाई तथा शुभकामना 

पार्टीका नयाँ सांसदलाई एकीकृत समाजवादीको बधाई तथा शुभकामना 

काठमाडौं, पुस ४ : नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो। 

पार्टीका अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित सांसदहरुलाई मतदाताहरुसामू गरिएका प्रतिवद्धताअनुसार काम गर्न सांसदहरुलाई सुझाव दिए।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् ।

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, पुस ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्