Kathmandu Press

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
Hardik ivf

कञ्चनपुर, पुस ४ : पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र–१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से२प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए । ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
 
घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १०:३० बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्