Kathmandu Press

कृषि सामग्री कम्पनी लिमिटेड भन्छ –मकवानपुरमा मल अभाव छैन

कृषि सामग्री कम्पनी लिमिटेड भन्छ –मकवानपुरमा मल अभाव छैन

हेटौंडा, पुस ३ : मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कंम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ। 
    
कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ । हाल किसानका लागि आवश्यक गहुँवालीसहित तेलहन र तरकारी खेतीका लागि कार्यालयबाट मल वितरणको काम भइरहेको छ । 

जिल्लामा रहेका अधिकार प्राप्त  सहकारी संघरसंस्थामार्फत् बिक्री वितरणका लागि मल ढुवानी भइरहेको कार्यालयका लेखा अधिकृत उपेन्द्र ज्ञवालीले जानकारी दिए। 

Hardik ivf

कार्यालयसँग हाल युरिया मल एक सय १८  मेट्रिकटन र  डिएपी मल एक सय ३८ मेट्रिक टन मौज्दात छ । मकवानपुरका १० स्थानीय तहका किसानका लागि एक सय २० सहकारी संस्थामार्फत् मल बिक्री वितरण भइरहेको कार्यालयको भनाइ छ । 

जिल्लाका अन्य पालिकामा मत वितरणको काम भइरहे पनि राक्सिराग र कैलाश गाउँपालिका दुर्गममा रहेकाले मल वितरणमा समस्या भइरहेको छ । 

यसअघि  कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा युरिया मल  ४४२ मेट्रिक टन र डिएपी मल ३०१  मेट्रिकटन बिक्री वितरण गर्ने बताएको थियो । 

कार्यालयका अनुसार युरिया मल प्रतिबोरा  रु ८०१  तथा डिएपी मल  प्रतिबोरा रु २ हजार २५१ मा बिक्री भइरहेको छ । 

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्