Kathmandu Press

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गएराति भरतपुर महानगरपालिका –२८ की ७० वर्षीया भागीरथी सुवेदीको  जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

काठमाडौं, पुस ३ : चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

गएराति भरतपुर महानगरपालिका –२८ की ७० वर्षीया भागीरथी सुवेदीको  जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

Hardik ivf

गएराति आँगनमा आगो तापिरहेका बेला हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: ०८:४४ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्