चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना
प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको स म्भावना पनि रहेको छ ।
काठमाडौं, पुस ३ : आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।
प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ ।
यही प्रभावका कारण पूर्वी क्षेत्रका मौसम बदली हुने मौसमविद् महर्जनले जानकारी दिए । उनका अनुसार यो प्रणालीको असर पूर्वी क्षेत्रमा धेरै पर्ने सम्भावना छ । अबको केही दिन यो प्रणालीको असर रहने छ ।
यस्तै, तराईका जिल्लामा आज पनि हुस्सु कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ।












