Kathmandu Press

मध्यपुर थिमिमा निःशुल्क बिमा सेवा सुरु

यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागु गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए। 
मध्यपुर थिमिमा निःशुल्क बिमा सेवा सुरु

भक्तपुर, पुस २ : मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ।

यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागु गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए। 
    
नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्‍याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए।
    
नगरपालिकाका उपप्रमुख श्रेष्ठले भने, 'नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ, पाँच जनासम्म परिवार सङ्ख्या भएका सबै नागरिकलाई बिमाबापतको रु तीन हजार पाँच सय प्रिमियम रकमसमेत नगरपालिकाले बेहोर्ने छ, बाबुआमा नभएका टुहुरा नाबालक जो ज्येष्ठ नागरिकप्रति आश्रित रहेका छन् उनीहरुको पनि सबैको स्वास्थ्य बिमाको प्रिमियम रकम नगरपालिकाले नै बेहोर्नेछ।'
    
उनले ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै एक लाखसम्मको स्वास्थ्य बिमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए। उनले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए।

Hardik ivf

शुक्रबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बागमती प्रदेश बिमा बोर्डका पदाधिकारीसहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि २०७९ बमोजिम यस्तो निर्णय गर्दै निर्णय कार्यान्वयनमा ल्याएको हो। 

परिवारमा पाँच जनाभन्दा बढी सङ्ख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति रु सात सय बिमाबापतको रकम भने परिवारले नै बेहोर्नु पर्नेछ। नगरपालिकाका प्रमुख श्रेष्ठले कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र उपचार सेवा सुरु गरेको जानकारी दिनुभयो।

वडाध्यक्ष कृष्णकुमार प्रजापति, कार्यपालिका सदस्य सरस्वती खड्का र बालकृष्ण परियारले बिमा गरी ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको सुरुआतसमेत गरेका छन्।

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्