Kathmandu Press

चितवनमा एकै समयमा तीनवटा महोत्सव हुँदै

उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ।
चितवनमा एकै समयमा तीनवटा महोत्सव हुँदै

काठमाडाैं, पुस २ : जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन्। चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो।
 
उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ।

यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ। खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ।
 
यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ। खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदैछ।

Hardik ivf

चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताए। उनका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ।
 
सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन्। विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ।
 
२०७० सालबाट सुरु भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ। माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन्। महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सान।

बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो। महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभूषा सहित संस्कृतिक प्रस्तुति,  स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उनले जानकारी दिए।
 
महोत्सवमा एक सय ३० वटा स्टल रहने छन्। रु. ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलाकन गर्ने अनुमान गरिएको छ। यस्तै खैरहनी महोत्सव तीन सय स्टल रहनेछन्। आयोजक समितिका संयोजक एवं खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो। यसअघि २०७५ सालमा महोत्सव आयोजना गरिएको थियो।
 
हरेक दुई दुई वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरुमा महोत्सव हुन सकेको थिएन। खिचरा महोत्सव त्यसै समयमा परेकाले एक दुई दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ। यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढङ्गले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उनले बताए।
 
महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरुलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिए। उनले भने, 'यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ।'
 
उद्योग वाणिज्य संघ चितवका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव हाटबजारजस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।

प्रकाशित मिति: १२:५६ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्