Kathmandu Press

काठमाडौं प्रेसकर्मी मरासिनी ‘सार्क युथ लिडर अवार्ड २०२२’ बाट सम्मानित 

काठमाडौं प्रेसकर्मी मरासिनी ‘सार्क युथ लिडर अवार्ड २०२२’ बाट सम्मानित 

काठमाडौं, पुस १ : काठमाडौं प्रेसकर्मी गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् ।

मरासिनीलाई पत्रकारिताका माध्यमबाट युवा पुस्ताका लागि प्रेरणादायी रूपमा सेवा गर्नको लागि योगदान को कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेश्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल लगायतले अवार्ड प्रदान गरे । 

Hardik ivf

विगत १० बर्षदेखि पत्रकारितामा क्रियाशिल मरासिनीले युवा, पर्यटन र सामाजिक क्षेत्रका विभिन्न बिषयमा कलम चलाउँदै आएका छन् । हाल काठमाडौं प्रेसको उपसम्पादक रहेका उनी अनलाइन पत्रकार संघको सचिव समेत हुन् । 

कार्यक्रममा उनी सहित सार्कका विभिन्न देशबाट युवाका बिषयमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरिएको थियो । काठमाडौंमा जारी सार्क क्षेत्रीय सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्